logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अर्घाखाँचीमा क्वारेन्टीनमा बसेका एक जना पुरुषको मृत्यु


अंकुरण खबर
663
Shares

अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बिरामी परेका एक जनाको मृत्यु भएको छ ।

मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ५७ बर्षका यमप्रसाद खनालको बुटवलमा उपचार गराएर फर्किने क्रममा मृत्यु भएको हो ।

स्वासप्रश्वासमा समस्या आएपछि मंगलवार उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको थियो । उपचार गरेर घर फर्कदै गरेका उनको गोरुसिंगे–सन्धिखर्क सडकको कोन्द्रे खोलामा बुधबार मृत्यु भएको स्थानीय गोकुल रिजालले जानकारी दिए । यसअघि ती पुरुषको घाँटीको शल्यक्रिया भएको थियो ।

उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए । उनको जेठ २१ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको तर रिपोर्ट आइनसकेको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।