लकडाउनको मोडालिटी लगायतका विषयमा निर्णय गर्न दिउँसोका लागि तय भएको मन्त्रिपरिषद्को बैठक सरेको छ।
बुधबार दिउँसो बोलाइएको बैठक बेलुका ५ बजेका लागि सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।
संसद बैठक जारी नै रहेकाले २ बजेका लागि भनिएको बैठक बेलुका मात्रै बस्न लागेको हो। आजको बैठकले लकडाउनको मोडल केही परिवर्तन गर्ने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकारले लकडाउनलाई सरलिकरण गर्नेबारे निर्णय गर्न लागेको बताएका छन्।
साथै लकडाउन र कोरोना महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको असहज अवस्थालाई कसरी सहज बनाउन सकिन्छ भन्नेबारे पनि मन्त्रिपरिषद्ले निर्णय लिने प्रधानमन्त्रीले सदनमा जानकारी गराएका थिए।