logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बसको ठक्करबाट कैलालीमा साइकल यात्रीको मृत्यु


अंकुरण खबर
702
Shares

कैलालीमा बसले ठक्कर दिँदा एकजना साइकल यात्रीको मुत्यु भएको छ।

बसको ठक्करबाट बर्दगोरिया गाउँपालिका-२ की सरस्वती उपाध्यायको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

लम्कीबाट धनगढी जाँदै गरेको ना ७ ख ९३० नम्बरको बसले साइकल यात्री उपाध्यायलाई दिउँसो १ बजे बौनियाँ बजारको चोकमा ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी उपाध्यायको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।

बस र चालकलाई इलाका प्रहरी कार्यालय बौनियाले नियन्त्रणमा लिएको छ।