logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि


अंकुरण खबर
624
Shares

सुदूरपश्चिम प्रदेशमा मा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ।

आज थपिएकामा कैलालीका ५ र कंचनपुरको एक जना रहेकोसेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार कैलालीको टीकापुर नगरपालिका १९, २३, २५, २६ र ३५ बर्षीय पुरुष र कञ्चनपुरको बेलौरीका २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ६४ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका ६० जना, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका मध्य दुई जनाको मृत्यु भईसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन्।