logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसईई परीक्षा नगर्ने सरकारको निर्णय : आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणपत्र दिइने


अंकुरण खबर
2.184K
Shares

सरकारले यस बर्ष एसईई परीक्षा नगर्ने निर्णय गरेको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस महामारीका कारण यस वर्ष एसईई परीक्षा नगर्ने निर्णय गरेको छ।

बैठकले एसईई परीक्षा नगर्ने र विद्यालयको आन्तरिक मूल्यांकनको आधारलाई नै मान्यता दिने निर्णय गरेको हो।

एसईई परीक्षाको हकमा विद्यालयद्वारा गरिएको आन्तिरक मूल्यांकनलाई आधार मान्ने र विद्यालयद्वारा गरिने आन्तरिक मूल्यांकनको सम्बन्धी कार्यको स्थानीय तहले सत्यापन तथा प्रमाणीकरण गरी राष्ट्रिय परीक्षा बोर्ड समक्ष सिफारिस गर्ने र सो कार्यको अनुगमन प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।

त्यही प्राप्त विवरणका आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा फल तयार गर्ने, प्रकाशन गर्ने, प्रमाणिकरण गर्ने र प्रमाणपत्र जारी गर्ने छ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव आजको मन्त्रिपरिषद्‍मा लगेका थिए ।