आज बिहीबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ भने केही देशको बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६४ पैसा र बिक्रीदर १२१ रुपैयाँ २४ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३० पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३७ रुपैयाँ १७ पैसा छ भने बिक्रीदर मूल्य १३७ रुपैयाँ ९७ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५४ रुपैयाँ १६ पैसा छ भने बिक्रीदर मूल्य १५४ रुपैयाँ ९३ पैसा छ।
