logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिहीबारको मौसम पूर्वानुमानः मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना


अंकुरण खबर
793
Shares

मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी  वायु, पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

यसैगरी, हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका भूभागमा  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आंशिक बदली  रहेको छ । भने एक -दुई स्थानमा  हल्का बर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा अनुसार आज दिउँसो  देशभर सामान्य बदली  रहनेछ। बदलीसँगै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम  प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन, चट्याङ  सहित वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति देशभर सामान्य बदली  रही  केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।