कञ्चनपुरको बेलौरी नगरपालिकामा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ ।
बेलौरी नगरपालिका ७ का २५ वर्षीय युवक बिरु चौधरीलाई बालिका बलात्कारको आरोप लागेको प्रहरीले जनाएको छ ।
मध्यरातमा झ्यालबाट छिरेर बालिका सुतेको कोठामा गई बलात्कार गरेको आरोप लागेपछि इलाका प्रहरी कार्यालय बेलौरीको टोली राति नै घटनास्थल पुगेको थियोे ।
बालिकाले रातिको समयमा आफूमाथि चौधरीले बलात्कार गरेको जिकिर गरेकी छन् ।
घटनाको सत्य तथ्यबारे मेडिकलको तयारी भइरहेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।