logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकै दिन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च


अंकुरण खबर
689
Shares

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च छ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ३ सय ८८ जनाको मृत्यु भएको छ। यो एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च हो।

भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ७५ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार १ सय ८ पुगेको छ भने २ लाख ८७ हजार १ सय ५५ जना संक्रमित भएका छन्।

जसमध्ये भारतमा १ लाख ४० हजार ९ सय ७९ जना उपचारपछि घर फर्किएका छन्।