logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कालिकोट टिपर दुर्घटना अपडेट : थप एकको मृत्यु


अंकुरण खबर
754
Shares

कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट बजारमा बुधबार भएको टिपर दुर्घटनाका घाइते एक जनाको मृत्यु भएको छ।

दुर्घटनाका घाईते निस्पता सार्कीको काठमाडौंको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। योसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

कोरोना संक्रमणको आशंकामा मृतक र घाइते दुवै जनाको स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको अस्पतालले जनाएको छ। अर्का घाइतेलाई किस्टले पुनः ट्रमा सेन्टर रिफर गरेको छ।

भारतबाट आएकालाई लिन नगरपालिकाले पठाएको ना ८ ख ५१३३ नम्बरको टिपर बुधबार दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको थियो।

दुर्घटनामा १२ जना घाइते भएका थिए। जसमध्ये गम्भीर अवस्थाका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो।