रोल्पामा एकैदिन थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँग रोल्पामा कुल संक्रमितको संख्या १७ पुगेको छ ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएका १४ मध्ये एकजना महिला छिन् भने अरु सबै पुरुष रहेको बिहीबार दिउँसो साढे १ बजे अस्पतालले जारी गरेको सूचनामा जनाइएको छ ।
संक्रमितमध्ये ८ जना पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ का रहेका छन् । वडा नं. ७ का १७ वर्षका एक पुरुष र वडा नं. ८ का ५ पुरुषको पिसिआर परीक्षणबाट कोरोना पोजिटिभ आएको हो ।
त्यहाँबाट केही दिन अघि नै स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । सुनिलस्मृति गाउँपालिकाले आफ्नै पहलबाट भिटिएम खरिद गरि स्वाब संकलन गरेर पिसिआर जाँचका लागि अस्पताल पठाएको थियो ।
यसअघि जेठ २५ गते पनि सोही गाउँपालिकाको वडा नं. ५ र ६ का तीन पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।