logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.313K
Shares

धादिङका थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१२ दिनअघि भारतबाट आएर त्रिपुरासुन्दरी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

गाउँपालिकाको वडा नं १ सल्यानटारको क्वारेन्टाइनमा बसेका एक जना र वडा नं ६ कालिन्चोकको क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

गाउँपालिका प्रमुख शम्भुकुमार थापाका अनुसार संक्रमित सबैलाई गाउँपालिकाकै स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा राखिने तयारी भइरहेको छ।