पाटन अस्पतालको आइसीयु वार्डबाट २० लाख ७९ हजार ८ सय ७ रुपैयाँ मूल्य पर्ने पोर्टेवल अल्ट्रासाउण्ड मेसिन चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-३१ बस्ने सर्लाही बलरा नगरपालिका-१ घर भएका ३६ वर्षीय डा. प्रविन मिश्र र महोत्तरी बर्दिवास नगरपालिका-१३ बर्दिवास बस्ने २० वर्षीय रमेश कुमार शर्मा रहेका छन् ।
जेठ १७ गते विहान अस्पतालको आइसीयु वार्डमा रहेको पोर्टेवल अल्ट्रासाउण्ड मेसिन मर्मत गर्न कम्पनीबाट आएका हौ भन्ने वहाना बनाई सो वार्डमा रहेका स्वास्थ्यकर्मीहरु व्यस्त रहेको मौका छोपी उक्त मेसिन चोरी गरी लगेको घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न रहेका उनीहरुलाई चोरी गरेको उक्त मेसिन सहित पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट प्रहरी हिरासतमा राख्न ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।