logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटका थप ५७ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.417K
Shares

रौतहटमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतबाट फर्केर रौतहटका विभिन्न नगरपालिकाको क्‍वारेन्टाइनमा बसेका थप ५७ जनामा कारोनो संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका संक्रमित जिल्लाको परोहा नगरपालिकामा ४९ जना, राजपुरमा ४, कटहरियामा १ र गढीमाईमा ३ जना रहेका छन् ।

रौतहटमा मात्रै अहिलेसम्म ५३१ जनामा संक्रमणको पुष्टि भइसकेको छ । तीमध्ये १ सय २ जना निको भएर घर फर्केका छन् ।