logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चार दिनको शिशुलाई पनि कोरोना देखियो


अंकुरण खबर
1.391K
Shares

सुदूरपश्चिममा बिहिबार थपिएका २७ जना कोरोना संक्रमितमध्ये चार दिनका शिशु पनि छन्।

बाजुराको बुढीगंगा नगरपालिकाका चार दिनको शिशुलाई कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

सबै २७ जनाको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण पश्चात कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको छ।