logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई पांग्रे सवारीसाधनमा एक जना र निजी गाडीमा तीन जनाले मात्रै सवार गर्न पाउने


अंकुरण खबर
1.144K
Shares

सरकारले निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ।

निजी सवारीहरू जोरबिजोर प्रणालीमा प्रणाली लागू गरेको छ । तर, निजी गाडीमा चालकबाहेक दुई जना भन्दा बढी मानिस राख्न पाइने छैन। त्यस्तै दुई पांग्रे सवारीसाधनमा एकजना मात्र अर्थात् चालक मात्र चढ्न पाउनेछन्।

सरकारले जारी लकडाउन खुकुलो बनाएर निजी सवारीसाधनलाई चल्न दिने निर्णय गरे पनि साइकल, मोटसाइकल वा स्कुटरमा एक जनाले मात्रै यात्रा गर्न पाउने स्पष्ट पारेको हो।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले दूरी कायम होस् भनेर यस्तो निर्णय गरिएको बताए ।

यस्तै काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने भए पनि सार्वजनिक यातायात भने चल्नेछैन ।