logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मणिपाल अस्पतालमा उपचाररत ३५ वर्षीय युवामा कोरोना पुष्टि


अंकुरण खबर
1.339K
Shares

जेठ २२ गते सडक दुर्घटनामा परी पोखरास्थित मणिपाल अस्पतालमा उपचारका लागि आएका ३५ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ ।

उनीमा कोरोना संक्रमण देखिएलगत्तै मणिपालको न्युरो आइसीयू सेवा बन्द भएको छ । ती युवामा कोराना संक्रमण भएलगत्तै अस्पताल प्रशासनले अस्पतालमा कार्यरत २२ जना चिकित्सक र कर्मचारीहरु क्वारेन्टाइनमा रहेको जानकारी दिएको छ ।

संक्रमित विरामीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसमा लगिसकिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशन डा. बिनोद बिन्दु शर्माले बताए ।

पर्वतका ती युवामा संक्रमण पर्वतमा नै देखियो वा अस्पतालमा देखियो भन्नेबारे भने अनुसन्धान भईरहेको छ । उनीसँगै गण्डकी प्रदेशमा शुक्रबारसम्म संक्रमितको संख्या १८८ पुगेको छ ।