logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरी र भारतीयबीच झडप, गोली लागेर एकको मृत्यु


अंकुरण खबर
1.274K
Shares

सर्लाहीको पर्सा ३ मा बलजफ्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयको समूहमाथि सशस्त्र प्रहरीले गोली चलाएको छ।

गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको स्रोतले जानकारी दिएको छ । घटनामा पाँच जना भारतीय घाइते भएका छन्।

आज (शुक्रबार) बिहान करिब नौ बजे नेपाल प्रवेश गर्न खोज्ने भारतीय समूहलाई रोक्न खोज्दा उनीहरुबाट आक्रमण भएपछि गोली चलाउनु परेको सशस्त्र प्रहरीको दाबी छ। त्यस क्रममा पाँच जना भारतीयलाई गोली लागेको छ।

गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको जनाइए पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीले यसको पुष्टि गर्न बाँकी छ। मृतकको नाम, ठेगाना खुलेको छैन।

पर्सा गाउँपालिकास्थित नारायणपुर नाकाबाट भारतीय नागरिक बलजफ्ती नेपाल प्रवेश गर्न खोज्दा झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी महोहन बाहादुर जिसीले पुष्टि गरे। सिडिओ जिसीका अनुसार सुरुमा ४०/४५ जना भारतीय जवरजस्ती नेपाल प्रवेश गर्न खाजेपछि सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेका थिए।

त्यस क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर हतियार पनि खोसेका थिए। हतियार खोस्ने व्यक्तिलाई पक्राउ गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।