दैलेखमा आज शुक्रबार २२ जना कोरोना संक्रमण मुक्त भएका छन्।
नारायण नगरपालिकाबाट एकै पटक २२ जना कोरोना संक्रमणमुक्त भएको जिल्ला जनस्वास्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निराजन पन्तले जानकारी दिए।
पीसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको छ। बिदा भएका सबै सरस्वती माध्यमिक विद्यालयमा रहेको आइसोलेसनमा थिए।
कार्यालयका अनुसार कोरोना संक्रमण मुक्त हुनेहरुमा नारायण नगरपालिका वडा नम्बर ३ का ४ जना, ४ का २० महिनाको बालकसहित ५ जना, वडा नम्बर २ का २ जना, ६ का १ जना, ८ का ३ जना, ९ का २ जना, १० का ४ जना र वडा नम्बर ११ का १ जना छन्।
आज संक्रमणमुक्त भएका सबै भारतका विभिन्न सहरबाट गाउँ फर्किएका थिए। योसँगै कर्णालीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८२ जना पुगेको छ ।