देशभर कोरोना रोकथाम तथा नियन्त्रणको लागि खर्च भएको भनिएको १० अर्ब रुपैयाँमा भ्रष्टाचार भएको भन्दै सरकार विरुद्ध प्रदर्शन भइरहेको समयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति प्रवेश गरेको अभिव्यक्ति दिएका छन्।
शुक्रबार मन्त्री ढकालले कोरोना महामारीमा राजनीति घुसाइएको प्रतिक्रिया दिँदै राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताए।
उनले भने, ‘हामी सुरुमा रोगबाट मात्रै आक्रान्त थियौं। पछिल्लो दिनमा राजनीति पनि मिसियो। खतराहरू बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौं।’