logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

चितवनको माडीमा ८ जनामा कोरोना संक्रमण


अंकुरण खबर
793
Shares

चितवनको माडी नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

माडीका ८५ जनाको भारतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ रिपोट आएको भरतपुर अस्पतालले जनाएको छ।

जसमध्ये बीपी कोइरालामा क्यान्सर अस्पतालको ३, खैरहनी नगरपालिकाको ११, पुरानो मेडिकल कलेजको ८, चितवन मेडिकल कलेजको ५, देवघाट गाउँपालिकाको १५, राप्ती नगरपालिकाको १५ र भरतपुर अस्पतालको २९ स्वाब परीक्षण गर्दा संक्रमण भेटिएको छैन ।

चितवनको कोरोना अस्पतालबाट हालसम्म ८ जना निको भएर घर फर्किएका छन्।