logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

५० हजारले दिए स्वदेश फर्कन निवेदन


अंकुरण खबर
780
Shares

विभिन्न मुलुकमा अलपत्र ५० हजार ९३ जनाले नेपाल फर्कन निवेदन दिएका छन्।

तीमध्ये सरकारले प्राथमिकताका आधारमा चार्टर्ड विमानमार्फत २४ हजार १४८ जनालाई फिर्ता ल्याउन सिफारिस गरेको छ।

मलेसिया र खाडी देशमा मात्र करिब २० हजार नेपाली फर्कने पर्खाइमा रहेको गैरआवासीय नेपाली संघले जनाएको छ।

संघले अहिलेसम्म विदेशमा अलपत्र ५११ नेपालीको उद्धार गरेको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन्।

कुवेतको घर फिर्ती शिविरमा थप दुई हजार ९९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ।

म्यानमारबाट २६, खाडी मुलुक दुबईबाट १६८, अस्ट्रे लियाबाट ११, जापानबाट सात र कुवेतबाट २९९ गरी पछिल्लो समय ५११ जनालाई उद्धार गरिएको संघले जनाएको छ।

कोरोना महामारीपछि महिला, बालबालिकालगायत कष्टकर अवस्थामा रहेका नेपालीलाई सरकारले उद्धार गरिरहेको छ।