गण्डकी प्रदेशमा शुक्रबार थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोना पुष्टि हुनेमा गाउँपालिकाको क्वारेन्टिनमा रहेका १८ वर्षदेखि ५९ वर्ष उमेरसम्मका ४ पुरुष छन्।
उनीहरुलाई जिल्लाको रजहरस्थित सामुदायिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ।