logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरिता गिरीको घरमा ढुंगामुढा गर्ने एक युवक पक्राउ


अंकुरण खबर
741
Shares

प्रहरीले समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा ढुंगा प्रहार गर्ने एक युवकलाई पक्राउ गरेको छ ।

नेपाल विरुद्ध विवादास्पद अभिव्यक्ति दिँदै आएकी सांसद गिरीको घरको मूलढोकामा ढुंगामुढा गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले बाजुरा घर भई कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय हेमराज थापालाई पक्राउ गरेको जनाएको छ।

मंगलबार विशालनगरस्थित गिरीको घरको मूलढोकामा थापालगायत केही व्यक्तिहरूले क्षति पुर्‍याएका थिए। उनीहरूले ढोकामा कालोझण्डा समेत राखेका थिए।