logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

जोरबिजोर नियम पालना नगर्ने १४९ गाडी प्रहरीको नियन्त्रणमा


अंकुरण खबर
1.326K
Shares

जोरबिजोर नियम पालना नगर्ने १४९ वटा निजी गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहानदेखि अहिलेसम्म एक सय ४९ वटा गाडीलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । शुक्रबारदेखि काठमाडौं उपत्यकामा लकडाउन खुकुलो पार्दै सरकारले निजी गाडीमा जोरबिजोर प्रणाली लागू गरेको छ ।

जोर दिन जोर नम्बर प्लेटका गाडी र बिजोर दिन बिजोर नम्बर प्लेटका गाडी मात्र चलाउन पाइने छ । यस्तै यसरी चलाउने गाडीमा चालकबाहेक दुई जनामात्रै यात्रा गर्न पाउनेछन् ।

दुई पाङ्ग्रे सवारीमा भने जोरबिजोर प्रणाली लागू हुने छैन । तर दुई पाङ्ग्रेमा एक जना मात्रै यात्रा गर्न पाउनेछन् ।