logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशमा थपिए ८३ जना कोरोना संक्रमित


अंकुरण खबर
663
Shares

कर्णाली प्रदेशमा ८३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

प्रदेश अस्पताल, सुर्खेत,पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका ४५ र दैलेखका ३८ जनाका संक्रमण देखिएको हो।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, चिंगाड गाउँपालिका, लेकवेशी नगरपालिका र सीम्ता गाउँपालिका संक्रमित भेटिएका छन्।

यस्तै, दैलेखका भैरवी गाउँपालिका, दुल्लु अस्पताल, दुल्लु नगरपालिका, ठाँटीकाँध गाउँपालिकामा संक्रमित भेटिएका कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताएका छन्।

कर्णाली प्रदेशमा अहिलेसम्म ८४६ जना संक्रमित भेटिएका छन्। हालसम्म ८२ जना कोरोनामुक्त भएका छन्। आज मात्रै देलेख अस्पतालमा उपचाररत २२ जना कोरोनामुक्त भएका छन्।

कर्णाली प्रदेशमा अहिलेसम्म कोभिड–१९ बाट तीन जनाको मृत्यु भएको छ।