logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप ४४८ कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार नाघ्यो


अंकुरण खबर
676
Shares

नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४४८ जना नयाँ संक्रमित थपिएका छन्।

संक्रमितमध्ये ४२४ पुरुष र २४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसका संक्रमितको कुल संख्या ५ हजार ६२ पुगेको हो।

आज १६ जना डिस्चार्ज भएसँगै हालसम्म ८७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।