logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप एक कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
949
Shares

नेपालका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

भारतको महाराष्ट्रबाट १२ दिन अघि आएका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका थिए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अर्घाखाँची मालरानी ४ का ती पुरुषको उपचारपछि फर्कने क्रममा बुधबार मृत्यु भएको थियो।

उनका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको थियो।

यो सहित नेपालमा हालसम्म १६ जना संक्रमितको मृत्यु भएको छ।