काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ।
शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंकी एक महिलामा कोरोना पोजेटिभ देखिएको हो।
शुक्रबार मात्रै ४४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५,०६२ पुगेको छ। तीमध्ये ८७७ जना उपचारपछि निको भएका छन् भने १६ जनाको मृत्यु भएको छ।