logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा त्रिशूल प्रहारबाट एक जनाको मृत्यु


अंकुरण खबर
1.794K
Shares

दाङमा त्रिशूल प्रहारबाट एकजनाको मृत्यु भएको छ।

बबई गाउँपालिका-३ गुन्द्री बजार बस्ने ४६ वर्षीय नारायण डाँगीको त्रिशूल प्रहारबाट आज बिहान मृत्यु भएको हो।

सोही गाउँपालिका-३ धनुवास बस्ने २४ वर्षीय बालीराम ओलीले दुर्गामाताको मन्दिरमा रहेको फलामको त्रिशूलले घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएका डाँगीको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्रिशूल प्रहार गर्ने बालीरामलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।