देशको वास्तविक नक्सा निशान छापमा समावेश गर्ने नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित भएको छ ।
भारतले विभिन्न समयमा कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा प्रतिनिधिसभा बैठकबाट दुई तिहाइ मतले पारित भएको हो ।
संविधान संशोधनको पक्ष विपक्षमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संशोधनको पक्ष र विपक्षमा मत विभाजन प्रकिया अपनाइएको थियो । मतदानमा उपस्थित सबै सदस्यहरू २५८जनाल नै संशोधनको पक्षमा मतदान गरेका थिए ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि अब भारतसंग वार्ता गर्ने बताएका छन् ।
प्रधानमन्त्री आलीले संशोधन विधेयक पारित भए पछि संसद भवनबाट बाहिरिने क्रममा अब राष्ट्रियताको पक्षमा देश एकजुट हुनुपर्ने बताए । साथै अब संविधानमा उल्लेख भएअनुसार भूमि फिर्ता गर्न भारतसंग वार्ता गर्ने बताए ।