logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

पर्वतको कुस्मामा पहिरो : मृत्यु हुनेको संख्या पाँच पुग्यो


अंकुरण खबर
1.95K
Shares

पर्वतको कुस्मामा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

शनिबार साँझ पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएका दिपा थापा र कमला विकको शव आज विहान फेला परेको छ । पहिरोले पुरिएर चार बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

शनिवार साँझ पहिरोमा पुरिएका ५२ बर्षीय तुलबहादुर थापा, उनकी ५२ श्रीमती मीन कुमारी थापा र १० बर्षिया नातिनि विविशा थापाको शब फेला परेको थियो ।

पहिरोमा पुरिएर स्थानीय सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक बेपत्ता छन ।

शनिवार साँझ झण्डै दुई घन्टासम्म परेको मुसलधारे पानीपछि पहिरो गएको हो ।