logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्वतको कुस्मामा पहिरो अपडेट: मृत्यु हुनेको संख्या ६ पुग्यो


अंकुरण खबर
884
Shares

पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङस्थित ढकालबारीमा शनिबार राति गएको पहिरोमा परेका थप एक जनाको शव फेला परेको छ । योसँगै मृत्यु हुनेको संख्या छ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार पहिरोमा पुरिएर कुश्मा-३ का ५८ वर्षीय तुलबहादुर थापा, ५८ वर्षीय मीनकुमारी थापा, बिबिसा थापा, ३० वर्षीय डिरपा थापा, २६ वर्षीय कमला बिक र ८ वर्षीय प्रमिशा बिकको मृत्यु भएको छ।

पहिरोले पुरिएर अन्य तीन जना अझै बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएकाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धार गरिरहेको छ।

शनिवार साँझ झण्डै दुई घन्टासम्म परेको मुसलधारे भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर छ जनाको मृत्यु भएको हो ।