जापानमा मिनी ट्रकको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ।
कामबाट कोठामा फर्किदै गरेकी नेपाली चेली सुजाता बास्तोलाको मिनी ट्रकको ठक्करबाट मृत्यु भएको हो।
जापानको योक्काईचीमा आज बिहान ७ बजे ९जापानी समयअनुसार० मिनी ट्रकको ठक्करबाट बास्तोला घाइते भएकी थिइन्। उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको पारिवार निकट स्रोतले जनाएको छ।
नेपालमा पोखरा स्थायी घर भएकी उनी छ महिना अघि डिपेण्डेन्ट भीषामा जापान गएकी थिइन्।
हाल बास्तोलाको शव योक्काईची नगरपालिका अस्पतालमा राखिएको र पोष्ट मार्टमपछि अन्तिम संस्कार गरिने बताइएको छ।