कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ ।
गैरआवासीय नेपाली संघ ‘एनआरएनए’का अनुसार विगत आठ साता लगातार बिभिन्न देशमा नेपालीहरुले ज्यान गुमाएका थिए । यो साता भने कोरोना भाइरसको संक्रमणले कुनै नेपालीले ज्यान गुमाउनु परेको छैन ।
एनआरएनएका अनुसार यो साता विदेशमा ९ हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । हालसम्म विभिन्न ३५ मुलुकमा १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना संक्रमण पुष्टि भएको छ ।
१ सय २७ जना नेपालीले विदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । बेलायत, अमेरिका, युएई लगायत १३ देशमा नेपालीले ज्यान गुमाएका हुन् ।