logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्वत पहिरो अपडेट : थप ३ जनाको शव फेला, मृतकको संख्या ८ पुग्यो


अंकुरण खबर
1.144K
Shares

पर्वतको कुश्मा नगरपापिलका-३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका ९ जनामध्ये ८ जनाको शव भेटिएको छ ।

पहिरोले पुरिएर अझै १ जना बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी बल र स्थानीयवासीले उद्धारलाई जारी राखेका छन् ।

घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पुरिएका हुन् ।

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । बिहानबाट पुनः उद्धारकार्य शुरु भएको कुश्मा नगरपालिका-३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए ।

पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् । शनिवार साँझ झण्डै दुई घन्टासम्म परेको मुसलधारे भीषण वर्षासँगै माथिबाट पहिरो आएको थियो ।