logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यका प्रवेशमा थप कडाई, बसोवास गर्ने स्थानको अनुमति लिनुपर्ने (सूचना सहित)


अंकुरण खबर
1.326K
Shares

अब काठमाडौं प्रवेश गर्न र बाहिरिन थप कडाइ हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट बाहिरिनेका लागि विभिन्न पासको व्यवस्था गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमााडौंले आईतवार एक सूचना जारी गर्दै उपत्यका बाहिर जाने सवारी पासको लागि व्यक्तिगत अत्यावश्यक कार्यको लागि भए प्रयोजन खुल्ने कागजात सहित जिल्ला प्रशासन कार्यालयमा कागजात दिन अनुरोध गरेको छ ।

साथै सरकारी वा संस्थागत कामको लागि भए सम्बन्धित संस्थाको सिफारिस पत्र सहित कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

त्यस्तै काठमाडौं उपत्यका प्रवेश गर्दा आफु बसोबास गर्ने स्थानको त्यस कार्यालयमा निवेदन दिनुपर्नेछ ।

यद्यपी काठमाडौं जिल्ला भित्र भने जोर विजोर प्रणाली लागू भईसकेकोले काठमाडौंमा सवारी पास हाललाई बन्द गरिएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।