Breaking Newsस्वास्थ्य

एकैदिन थप ४ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो

आज एकैदिन थप ४ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार आइतबार थप ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६१ जना निको भएर घर फर्किएका छन् । हालसम्म ९ सय ७४ जनाले कोरोना भाइरसलाई जितेका छन् भने, यही भाइरसका कारण १८ जनाको मृत्यु भएको छ ।

Comment here