नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको गाडी दुर्घटनामा मृत्यु भएको छ।
गाडी दुर्घटना हुँदा शर्माको घटनास्थलमै ज्यान गएको नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए। उनी आफैंले गाडी चलाएर विपद व्यवस्थापनको बैठकमा जाँदै गर्दा गाडी दुर्घटना भएको हो।
पूर्व-पश्चिम राजमार्गको नवलपरासीस्थित शिवकलोनीमा शर्माले चलाएको लु १ झ ३७० नम्बरका गाडी दुर्घटना भएको हो। उनीसँगै गाडीमा रहेका हरिला रज्जाक घाइते भएको प्रहरीले जनाएको छ।
घाइते रञ्जाकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ।