logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

रामेछापमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ पुग्यो


अंकुरण खबर
988
Shares

रामेछापमा आज थप दुई जनामा कोरोना भाइरस कोभिड-१९ पुष्टि भएको छ । यो संगै रामेछापमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ ।

भारत लगायतका स्थानबाट आएर क्वारेन्टाइनमा बसेका लिखुतामाकोशी गाउँपालिकाका एक जना र मन्थली नगरपालिकाका एक जना गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए ।

कर्णका अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा मन्थली नगरपालिकाका एक जना र लिखुतामाकोशी गाउँपालिकाका एक जना रहेको छ ।

आइतबार थप संक्रमण पुष्टि भएका दुई जनासहित रामेछाप जिल्लाबाटै स्वाब पठाइएकोमा कोरोना संक्रमण हुनेको संख्या १९ जना पुगेको छ ।