logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुकुम घटना : २९ जनाविरुद्ध मुद्दा दर्ता


अंकुरण खबर
1.677K
Shares

रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा यही जेठ १० गते शनिबार भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले २९ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता गरेको छ।

घटनामा किटानी भएका २९ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछूत कसुरमा मुद्दा दर्ता गरिएको रुकुम पश्चिमका डीएसपी ठगबहादुर केसीले जानकारी दिए। २९ जना नै पक्राउ परेको र उनीहरूलाई अदालतमा पेश गरिएको केसीले बताए।

जेठ १० गते सोतीका स्थानीयबासीको आक्रमणमा परेर जाजरकोटका ६ जना युवाले ज्यान गुमाएका थिए।