logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैंक तथा वित्तीय संस्थाहरु भोलिदेखि नियमित सञ्चालनमा आउने


अंकुरण खबर
1.443K
Shares

बैंक तथा वित्तीय संस्थाहरु भोलिदेखि नियमित रुपमा सञ्चालन हुने भएका छन्।

नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै नेपाल सरकारको निर्णय अनुसार राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरु असार १ गतेदेखि साविकै समयमा सञ्चालनमा आउने जानकारी दिएको हो।

सेवाग्राहीको चाप मूल्यांकन गरी भिडभाड हुने स्थानहरुमा आवश्यकता अनुसार ‘सिफ्ट’ अनुसार कामको व्यवस्था गरी बिहान ८ देखि साँझ ६ बजेसम्म कार्यालय सञ्चालन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

सेवाग्राहीको भिडभाड नहुने गरी दूरी कायम गरेर सेवा प्रवाह गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

बैंकका कर्मचारी तथा सेवाग्राहीहरुले स्वास्थ्य सुरक्षाका उपायहरु अनिवार्य रुपमा अवलम्बन गर्नुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ।