logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि देशभर मोटरसाइकलमा जोरबिजोर प्रणाली लागू


अंकुरण खबर
1.287K
Shares

आजदेखि उपत्यकासहित देशभर निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ।

आज बिजोर नम्बरका निजी सवारी साधनहरु सञ्चालन भएका छन्। यो व्यवस्था मोटरसाइकल (दुई पांग्रे) सवारी साधनमा पनि लागू भएको ट्राफिक प्रहरी महाशाखाले जनाएइको छ।

लकडाउनको नयाँ व्यवस्था अनुसार देशभर जोरबिजोर प्रणाली लागू भएपछि, जोर गतेका दिन जोर नम्बर प्लेट र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएका सवारी साधन चल्न पाउनेछन्।

ट्राफिक प्रहरीका अनुसार सवारी साधनमा भएको नम्बर प्लेटको अन्तिम अंकको आधारमा जोर र बिजोर छुट्याइएको छ। जसअनुसार आज बिजोर नम्बर प्लेटका निजी सवारी साधन मात्र चल्न चल्न पाएका छन्।

साथै नयाँ नियम अनुसार मोटरसाइकलमा २ जना सवार गर्न पनि नपाइने भएको छ। निजी ४ पांग्रे सवारी साधनमा भने चालक सहित ३ जना सवार हुन पाउने छन्।

पास लिएका सवारी साधनको हकमा भने जोर बिजोर प्रणाली लागू हुने छैन्।