logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन अवधि सकियो, सरकारले थपेन लकडाउन


अंकुरण खबर
754
Shares

सरकारले कोरोना भाइरस (कोभिड–१९)महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाउँदै आएको लकडाउन गएरातिबाट सकिएको छ ।

गएराति १२ बजेबाट पूर्वघोषित लकडाउन सकिएको हो । यद्यपि लकडाउन अवधि पुनः थप गर्ने वा नगर्ने भन्नेबारे सरकारले केही निर्णय गरेको छैन । नेपालमा गत ९ चैतमा पहिलोपटक एक युवतीमा कोरोना देखिएपछि ११ चैतमा लकडाउन घोषणा भएको थियो ।

त्यसयता पटकपटक थप गरिँदै आइएको लकडाउन अन्तिमपटक आइतबारसम्मका लागि तोकिएको थियो । मन्त्रिपरिषदको गत बुधबारको बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो ।

जसअनुसार बजार तथा पसल खुलेका छन् भने निजी सवारी साधन जोर विजोर प्रणालीका आधारमा चलेका छन् ।