logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


अंकुरण खबर
728
Shares

कपिलवस्तुमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज थपिएका संक्रमितहरुमा वाडगंगा नगरपालिकाका वडा नम्बर २ का वर्ष २० का १ जना पुरुष, वडा नम्बर ३ का वर्ष २२, २४ का २ पुरुष, वडा नम्बर ४ का वर्ष ४०,४१ का २ जना पुरुष, वडा नम्बर १० का वर्ष १९,२५,३५ का ३ पुरुष र वडा नम्बर ११ का वर्ष २१ का १ जना पुरुष गरी कुल ९ जना रहेका छन् ।

यसैगरी विजयनगर गाउँपालिका वडा नम्बर १ का २१,२९ वर्ष का २ जना पुरुष र वडा नम्बर ३ का वर्ष २६ का पुरुष १ जना गरी ३ जना संक्रमित थपिएका छन् ।

संक्रमण देखिएका सबैको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौँमा परीक्षण गरिएको हो ।

यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ६ सय ४६ पुगेको छ ।