बागलुङमा क्वारेन्टिनमा राख्न लैजान लागिएका एक युवक भीरबाट हामफालेर आत्महत्या प्रयास गरेर गम्भीर घाइते भएका युवाको पोखरा स्थित गण्डकी क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ ।
पर्वतको कुस्मा नगरपालिका-८ स्थित चुवामा गाडी रोकेको मौका पारेर बाग्लुङ नगरपालिका–१३ पैयूँपाटाका ३९ वर्षीय चन्द्रबहादुर नेपालीले सोमबार बिहान भीरबाट हाम फालेका थिए ।
सुनौलीबाट उद्धार गरेर ल्याइएको गाडीमा चढेका नेपाली एक्कासी भीरबाट हामफालेको प्रहरीले जनाएको छ । भीरबाट हामफालेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको र गण्डकी अस्पताल पोखराले मृत्यु भएको घोषणा गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
लु२ ख ४२२० नम्बरको बसमा पर्वत, बागलुङ र म्याग्दीका नागरिकहरु भारतबाट फर्केपछि क्वारेन्टिनमा बस्न जाँदै गरेका थिए ।