शार्कका महासचिव इसाला रुवान विराकुन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा कोरोना भाइरस नियन्त्रण रोकथाम तथा शार्कका काम कारबाहीका विषयमा छलफल भएको हो ।
श्रीलंकाली कूटनीतिज्ञ समेत रहेका विराकुनले शार्कका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।