logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओमानबाट १६६ नेपाली लिएर सलाम एअर आइपुग्‍यो काठमाडौं


अंकुरण खबर
1.417K
Shares

ओमानको राजधानी मस्कटबाट १६६ नेपाली लिएर सलाम एअर काठमाडौं आइपुगेको छ।

कोभिड-१९ महामारीका कारण ओमानमा अलपत्र परेका उनीहरूलाई लिएर सलाम एअरको चार्टर्ड जहाज दिउँसो पौने २ बजे त्रिभुवन अन्तर्राष्‍ट्रिय  विमानस्थलमा अवतरण गरेको हो।

उक्त जहाज ओमानस्थित नेपाली दूतावासले चार्टर्ड गरेको हो।

ओमानबाट उद्धार गरी ल्याइएकाहरूलाई उपत्यकामा प्रदेशगत होल्डिङ सेन्टरमा राखी स्वास्थ्य परीक्षण लगायत आवश्‍यक प्रक्रिया अपनाएर क्वारेन्टाइनमा बस्‍न सम्बन्धित स्थानीय तहको जिम्मा लगाइनेछ।

सोही जहाजमा एक नेपालीको शवसमेत ल्याइएको विमानस्थलका अधिकारीले बताएका छन्।

शव कसको हो भन्‍ने पहिचान भइसकेको छैन।