कालिकोटको लालिघाटमा भएको ट्रिपर दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
बेपत्ता भएकी रास्कोट नगरपालिका २ बर्ष ३५ की मन्ना कुमालको शव भेटिएपछि मृतकको संख्या ४ पुगेको हो ।
नेपाल प्रहरी, नेपाली सेना, शशत्र प्रहरी र स्थानीयको खोजी पछि कर्णाली नदीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलीयाले बताए ।
ट्रिपर दुर्घटना हुदाँ २ जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा काठमाडौ किष्ट अस्पतालमा मृत्यु भएको थियो ।
ट्रिपर दुर्घटनामा घाइते भएका ६ जनाको जिल्ला अस्पतालमा र एक जनाको काठमाडौमा उपचार भइरहेको छ । अझै एक जना बेपत्ता छन् ।