logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा ६७ जनाले कोरोना जितेर भए डिस्चार्ज


अंकुरण खबर
1.014K
Shares

सोमबार थप ६७ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६७ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।

योसहित १ हजार ४१ जनाले कोरोना जितेका छन्।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३०६  र आरडीटी विधिबाट ८ हजार ६१५ जनाको नमुना परीक्षण गरिएको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ३३  हजार ८२९ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ५ हजार १५१ जना रहेका छन्। ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। सोमबार थप ४९९ जना रेडजोनमा परेका छन्।